अचम्मित पार्ने खबर : काठमाडौको न्युरोडमा नालिको ढलमा सुनैसुन : ढल उठाउन हारालुछ हानाहान

काठमाडौँ, २३ असार । नालीबाट निकालिएको हिलो किन्नका लागि झगडा हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो कि राजधानी काठमाडौंको अति व्यस्त सहर न्युरोडभित्र नालीबाट निकालिएको हिलो (फोहोर) किन्न मारामार हुन्छ । र कहिले त झगडा नै पर्ने गरेको छ ।

न्युरोडको नालीमा अवरोध आएको सूचना पाउनेबिक्तिकै हूलका हूल आएर हिलो ओगट्ने क्रम चल्छ । ‘केही समयअघि ढल खोतल्दै गर्दा हिलो लिनका लागि कुटाकुट नै भयो,’ अवरोध खुलाउन खटिएका माइला तामाङ भन्छन्, ‘महिला पुरुषदेखि बालबालिकासम्म हारालुछ गर्छन्, कतिले पैसा दिएर लान्छन्, कतिले थाहै नदिई राति उठाउँछन् ।’

न्युरोडभित्रका ढलको अवरोध खुलाउने ठेक्का मकवानपुरका हर्क तामाङले गर्दै आएका छन् । उनको भाइ माइलासहित केहीले ढल खोतल्छन् र फोहोर बाहिर निकाल्छन् । ‘सय बोरा निस्किएको थियो, राति नै लगेछन्,’ माइलाले भने, ‘थाहै नदिई लगेछन्, पैसा नदिने भए फिर्ता ल्याऊ भनेर फोन गरेँ । उसले हेरुँ कति फाइदा हुन्छ भन्ने जवाफ दियो ।’

न्युरोडका नालीमा सुन बग्ने कारणले ढलका फोहोर खोसाखोस हुने उक्त क्षेत्रका वडाअध्यक्ष चिनीकाजी महर्जन बताउँछन् ।

देशको सबैभन्दा धेरै सुनको कारोबार हुने काठमाडौं महानगरपालिका २२ स्थित न्युरोड गेटदेखि जुद्ध सडक आसपासका नालाबाट निस्किएको फोहोर उठाउन हारालुछ हुने उनले बताए ।

उक्त क्षेत्रमा करिब दुई सय सुन पसल भएको अनुमान महिला वडासदस्य रश्मिला मल्लले गरिन् । ‘महानगरभित्र सुन कारोबार हुनेमध्ये ८६ प्रतिशत वडा नम्बर २२ भित्र पर्छन् । त्यसैले ढलहरू जाम हुनेबित्तिकै फोहोर उठाउन मानिसको लर्को लाग्छ ।’

फोहोर उठाउने कार्यमा बढीजसो भारतका बंगालीहरू हुने गरेको वडासदस्य चन्द्रमान तुलाधरले बताए । ‘यहाँ त सुन पसलअघिको फोहोरसमेत बिहानै बढारेर लान्छन्,’ उनले भने, ‘नालीको फोहोर पैसामा कारोबार हुन्छ तर ठेक्कामार्फत ढलको जाम खोल्न लगाइने हुँदा कारोबारमा वडा कार्यालयलाई सरोकार हुँदैन ।’

सुन पसल र कारखाना वरपरबाट उठाइएको नालीको हिलो र पसलबाट निस्कने फोहोरलाई विभिन्न विधिबाट सुन खोजिन्छ । त्यस्ता कारोबार गर्नेहरूले फोहोरको प्रकृति हेरेर पखाल्ने, छान्ने, डढाउने तरिका प्रयोग गर्छन् । निकै कठिन र होसियारीपूर्वक काम गर्दा केही मात्रामा सुन आउन सक्ने र त्यसैबाट गुजारा चलाउने गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।[]

यो पनि पढ्नुस

अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

प्रकाशित मिति July 8, 2019