ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि

एजेन्सी, २३ असार–कोपा अमेरिकाको उपाधि आयोजक ब्राजिलले जितेको छ । सोमबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरूलाई ३–१ गोलले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

ब्राजिलले खेलको पहिलो हाफको १५ औं मिनेटमा एभरटनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४४ औं मिनेटमा पेरूले बराबरी गोल फर्काएको थियो । सो बराबरी गोल पाओलो गुरेरोले पेनाल्टीमार्फत गरेका हुन्। तर ब्राजिलले यो बराबरीलाई धेरै बेर टिक्न दिएन ।

पहिलो हाफको अतिरिक्त समयको तेश्रो मिनेटमा गोल गर्दै बाजिलले पहिलो हाफ २–१ ले आफ्नो पक्षमा पार्‍यो। त्यसपछि ब्राजिलले टोलीका लागि तेश्रो गोल खेलको अन्तिम समयमा गर्‍यो । खेलको ९० औं मिनेटमा उक्त गोल रोचारलीसनले पेनाल्टीमार्फत गरे। तेश्रो गोल गर्नुअघि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो ।

खेलको ७० औं मिनेटमा दोहोरो पहेलों कार्ड खाँदै ग्याब्रियल जिससले मैदान छाड्नुपरेको थियो । उसले सन् २००७ मा अर्जेन्टिनालाई हराउँदै कोपा अमेरिकाको उपाधि जितेको थियो ।[]

यो पनि पढ्नुस

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

प्रकाशित मिति July 8, 2019