एक दिन सबैले यो संसार छोडी जानै पर्छ, त्यसैले दुई दिने चोलामा धेरै लोभ लालच नगरेकै राम्रो

सबैको गन्तब्य यहि हो। लोभलाभ नगर्नु होला ! जीवन बदल्न यो लेख पढ्नुहोला हामि सबैलाई लाग्ने गर्छ कि मेरो यति धेरै सम्पत्ति छ , मेरो यस्तो चिनजान छ , मेरो यस्तो बलियो छोरा – छोरी वा आफन्त छन् । तर याद गरौँ त ! के हामीलाई हाम्रो मृत्यको समयमा इनले बचाउन सक्छन् ?

आखिर जीवन छोटो छ । जतिसुकै लोभ र लालच गरे पनि एक दिन मर्नु नै छ । प्रचण्ड पुत्र प्रकाश दाहाल सँग के थिएन र ? पछिल्लो अवस्थामा मासु र रक्सि को सेवन अत्याधिक गर्ने लत बसेका प्रकाश को मृत्यु भएपछी अहिले प्रचण्ड पनि एक्लो बनेका छन् ।युद्धकालमा प्रचण्ड ले कतिका ज्यान लिए होलान् , कति लाई घरबार बीहीन बनाए होलान् तर आफ्नै छोराको पनि अकालमा मृत्यु हुन्छ भनेर सायद उनलाई सपनामा पनि बिश्वास थिएन होला ।

जब पशुपतिमा आफ्नो छोरालाई दागबत्ती दिंदा प्रचण्डको हात काम्यो र आँखा बाट आँशु का धारा बगे यसैले प्रमाणित गर्छ कि जीवन आखिर केहि पनि छैन । दिन का दिन पार्टी र मोज गर्ने अनि तरुनी र पैसाको लत ले मस्त भएको हरुको पनि मृत्यु समान नै हुने गर्दछ अनि अन्तीम स्थान पशुपतिनाथ नै बन्ने गर्दछ र सडकमा बसेर मागेर खानेको पनि अन्तीम स्थान भनेको पशुपतिनाथ नै हो ।

जब हामि मरेर जान्छौं , यो सम्पत्ति अनि नातागोता कुनै पनि काम लाग्दैन । न हामीलाई नातागोताले बचाउन सक्छ न त सम्पत्ति ले । त्यसैले नगरौं व्यर्थको अभिमान । नगरौं अभिमान मेरो सम्पत्ति छ र मेरो यस्तो नाता छ भनेर । जीवन छोटो छ केवल सत्कर्म गरौँ र सत्कर्म ले नै जीवनको सदुपयोग गरौँ

यो बिचार यहाँहरुलाई कस्तो लाग्यो त ? आफ्नो बिचार राख्नुहोस तथा कुरा चित्त बुझे एक एक शेयर गरेर साथ् दिनुहोस

दुप्चेश्वर महादेवको उत्पत्ति: पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ ।

त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।

प्रकाशित मिति July 4, 2019