गरिबले मात्र पढ्ने मानसिकता भत्काउन सरकारी कलेज पढ्छुः करिश्मा (भिडिओ)

नायिका करिश्मा मानन्धर ‘एसईई’ को परीक्षामा पास भएकी छिन्। उनले ‘बी’ ग्रेड ल्याएकी छिन्।

पास भएपछि सरकारी स्कुलमा पढ्ने नायिका मानन्धरले बताइन्। उनले सेतोपाटीसँग भनिन्, ‘सरकारी कलेजमा जान्छु। सरकारी पढाइ पनि नराम्रो छैन भनेर म समाजलाई सन्देश दिन चाहन्छु।’

सरकारी स्कुल भन्ने वित्तिकै गरिबले पढ्ने भन्ने मानसिकता अझैं रहेकाले त्यसलाई आफूले भत्काउन चाहेको बताइन्।

उनले भनिन्, ‘म पनि राम्रो-राम्रो कलेजमा जान सक्छु। तर म जान्न।’

‘प्लस टू’ मा मानविकी लिएर पढ्ने धोको रहेको उनले बताइन्। उनले भनिन्, ‘म धेरै राम्रो विद्यार्थी पनि होइन। मलाई कुनै डक्टर इन्जिनियर त बन्नु छैन। सामाजिक काम गरिरेहको हुनाले त्यस्तै विषय पढ्छु।’ (भिडिओ)

प्रकाशित मिति June 28, 2019