मेरो जातमा मलाई गर्व छ-गायक शिव परियार

लोक दोहोरी गायक प्रकाश सपुतको ‘गलबन्दी’ यतिबेला चर्चासंगै विबादमा तानिएको छ । गायक शम्भु राईको गीतसंग लय हु बहु मिलेको भन्दै विबादमा मुछिएको हो । विवाद पछी केहि समय अगाडी शम्भु राई र प्रकाश सपुत बीच सम्झौता पनि भएको छ ।

यस विषयमा अहिले गीत चोरी भन्दापनि जातीयताको मुद्दाले जितेको छ । सामाजिक संजालमा सपुतलाई अहिले दलित भनेर होच्याउदै बिभिन्न टिकाटिप्पणी भैरहेका छन् । गलबन्दिले ३० दिनमा डेढ करोडको युटुबमा भिओर्स आउनु यो छोटो समयको पहिलो नै रेकर्ड थियोे ।

तर केही दिनमै गलबन्दी बिवादमा तानियो संगितकार एवम गायक शम्भु राइले देउसी भैलो आफ्नो गित सित मिलेको भन्दै कपि राइटमा मुद्दा हालेपछि सामाजिक संजालमा यो विषय दुई जनाको विषय मात्र नबनी सिङ्गो दलित समुदायलाईनै गाली गलौज र जातीय बिभेदजन्य पोस्ट, कमेन्ट र गाली बेइज्जतका अभिव्यक्तिले रंगिय पछि गायक शिव परियारले सुबास मंगोलले गरेको पोस्ट सेयर गर्दै असन्तुष्ट ब्यक्त गरेका छन् ।

गलबन्दी विवाद : आक्रोशित हुदै प्रकाश सपुतको भाई मिडियामा, कामी भन्नेलाइ अब नछोड्ने

पछिल्लो समय प्रकाश सपुत र गलबन्दी बिबादले जताततै चर्चा पाइरहेको अबस्थामा यसको बिबादको अन्त्य भए संगै प्रकाश सपुतपहिलोपटक मिडियामा आएका छन।प्रकाश सपूतले बिना गल्तिनै उक्त समय भएको सहमति लाइ हस्ताक्षर गर्नु परेको भन्ने प्रतिक्रिया आइरहदा उनका भाई देबेन्द्र बब्बुले भने सबै बास्तबिकता बाहिर ल्याएका छन।

जातीय विभेदको बिषयलाई लिएर अहिले जताततै चर्चा चलिरहेको पाईन्छ।प्रकाश सपुतलाई कामि शब्दले अपहेलित गालि गलौज गरिएको थियो भने उनि माथी प्रहरीले छानबिन गर्नु पर्ने समेत प्रकाश को भाई देबेन्द्रको आग्रह छ।

प्रकाशित मिति June 28, 2019