यी हुन् दोहाको सडकमा ‘ट्याक्सी’ हाँक्ने पहिलो नेपाली महिला…

दोहा । चितवन भरतपुरकी मिना थापा क्षेत्री दोहाको चिल्लो सडकमा विश्वको महँगो मानिने ‘लेमोजिन’ गाडी हुइँक्याइरहेको भेटिन्छिन्। उनको काम हो, कतारी महिलालाई ट्याक्सीमा उनीहरूको गन्तव्यतर्फ लैजाने । करिव ६ वर्षअघि कतार प्रवेश गरेकी मिना अहिले यहाँ ट्याक्सी चलाउने पहिलो नेपाली महिलाको रुपमा चर्चित छिन्।

चितवनको शक्तिखोरमा २०४४ सालमा थापा परिवारको ६ छोरी र ३ छोरामध्ये कान्छी छोरीको रुपमा उनको जन्म भएको हो । मिनाको विवाह कतारमै लामो समय रोजगारी गरेका चितवनकै सहदेव खत्रीसँग भएको थियो। विवाह पूर्व उनी काठमाडौँ स्थित बौद्धमा रहेको ट्रेकिङ एजेन्सीमा काम गर्थिन्। उनको जीवनले त्यतिबेला कोल्टे फेर्यो, जब वैदेशिक रोजगारीका लागि साउदी अरब हिँडेका श्रीमानले त्रिभुवन विमानस्थलबाट फोन गरे– ‘म विदेश जान्न। घर फर्किन्छु।’

मिनाले आफ्नो श्रीमानलाई विदेश पठाउन ठूलै ऋण गरेकी थिइन। श्रीमानले अन्तिम समयमा विदेश नजाने जनाउँदिए पछि उनीसँग अर्को विकल्प थिएन। त्यतिबेला उनको काखमा २२ महिनाको छोरा हुर्किरहेको थियो । उनलाई लागेको थियो, लोग्ने विदेश गए पछि छोरासँग मज्जाले घर बस्न पाइएलारु तर, श्रीमानको अन्तिम निर्णयपछि उनको सबै सपना चकनाचुर भयो

क्षेत्री दम्पतीसँग घर चलाउने अर्को दह्रो उपाय पनि थिएन। त्यसैले यो घटनाको १५ दिनभित्रै मिना रोजगारीका लागि मलेसिया उडिन्। मलेसियामा मिनाले ३०किलोको ‘इनगड’ एक्लै उचाल्नु पर्थ्याे। त्यो पनि दिनमा ३० वटा। दिनमा करिब १२घण्टा काम गर्ने क्रममा उनले नसोचेको दुःख पाइन्। मलेसियाबाट उनी २२ महिनापछि घर फर्किइन् तर ऋणको भारी बोकेर। श्रीमान मुटुको व्यथाबाट पीडित थिए। उनीसँग अर्को विकल्प थिएन। पुनः वैदेशिक रोजगारीका लागि विदेश जाने बाहेक।

यही सिलसिलामा ६ वर्षअघि कतार प्रवेश गरेकी उनले विगत १४ महिनादेखि दोहाको सडकमा गाडी चलाउँदै आएकी छिन्। उनको तलब २५ सय रियाल छ।उनी निकट भविष्य मा आफै ‘लेमोजिन’ किन्ने तरखरमा छिन्। करिब १४ महिना दोहाको सडकमा गाडी चलाउँदा उनको कामको तारिफ गर्ने थुप्रै कतारी तथा यहाँ काम गर्ने नेपालीहरू छन् ।

यो पनि पढ्नुस

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

प्रकाशित मिति June 24, 2019