गोरु काट्नेहरुलाई टोपी, ढाका, खादा र अविर लगाएर सम्मान

निमा पोङसुवा धरान, ३१ जेठ–गोरु काटेको अभियोगमा पक्राउ परी रिहा भएका निमा शेर्पा, आशिक राई र तिलक राईलाई बराहक्षेत्र(३ नडाहामा टोपी, खादा, ढाका र अविर लगाएर सम्मान गरिएको छ ।

११ दिनपछि रिहा भएका उनीहरूलाई हिजो विहीबार (३० गते) सम्मान तथा अभिनन्दन गरि नाडाहा बजार परिक्रमा समेत गरिएको छ । र नडाहाचोकमा कोणसभा गरिएको छ ।

उनीहरुलाई आदिवासी सांस्कृतिक अधिकार संरक्षण समिति, इसाई समाज बराहक्षेत्र र विभिन्न राजनीतिक दलका प्रतिनिधहरूको उपस्थितिमा सम्मान गरिएको हो ।

गोरू काटेका कारण पक्राउ परेको खबर पाएपछि नेपाल आदिवासी जनजाति महासंघ र सांस्कृतिक अधिकार संरक्षण समितिले रिहाइका लागि ज्ञापनपत्र बुझाएका थिए ।

पक्राउ परेका उनीहरुको पक्षमा अधिवक्ता पदम लिम्बूका साथै मिना काफ्लेले बहस गरेका थिए । गोरु काटेको अभियोगमा गत जेठ १७ गने अस्थायी प्रहरी चौकी बाङ्गेले उनीहरुलाई पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले मुलुकी संहिता ऐनको चौपाया महलअनुसार मुद्दा दर्ता गराएको थियो । पक्राउ गरिका तीनजनालाई सुनसरी जिल्ला अदालतका न्यायाधीश चन्द्रपसाद सापकोटाको एकल इजलासले जनही २५ हजार रुपैयाँ धरौटीमा गत जेठ २८ गते छोडेको अधिवक्ता पदम लिम्बूले बताए । पक्राउ परेका उनीहरुको पक्षमा अधिवक्ता पदम लिम्बूका साथै मिना काफ्लेले बहस गरेका थिए ।

अभिनन्दनपछि कोणसभामा सांस्कृतिक अधिकार संरक्षण समितिका संयोजक सुबास हुक्पाचोङ्बाङले संविधानमै संविधानसँग बाँझिएको कानुन स्वतः अमान्य हुने उल्लेख भएको जनाउँदै गोरु काट्दा पक्राउ गर्नु संविधानविपरीत भएको जिकिर गरे ।

किरात राई यायोक्खा बराहक्षेत्र नगर अध्यक्ष सन्जय राईले धर्मनिरपेक्षमा पनि मरेको गोरु काट्दा तीनजना पक्राउ गरेकोमा यायोक्खाको घोर आपत्ति रहेको बताए । उनले बजारमा खसी रागा काटेर बेछेजस्तै गोरु पनि बजारमा काटेर बेच्न पाउनुपर्ने बताए ।

मंगोल विद्यार्थी युनियनका अडिल खम्बुले संविधानमा सुनिश्चित गरेको मौलिक हकअनुसार भाषा धर्म, संस्कार गर्न पाउने भनेर उल्लेख भएको बताए । तर राज्यले भने आदिवासी मुलबासीलाई आक्रमण गरिरहेको आरोप लगाए ।

–सार्वजनिक अनलाईनबाट

यो पनि पढ्नुस

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

प्रकाशित मिति June 14, 2019