विदेशमा दु:ख गरेको सम्पत्ति लिएर श्रीमती भागेपछि : श्रीमान तनावमा

काठमाडौं ३० जेठ /

भगतराम थारु / नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं. २ भैयापुरका ससिराम सुनार मलेसियाबाट श्रीमती खोज्न नेपाल आएका छन् । कामको सिलसिलामा मलेसिया पुगेका सुनारको घरमा आमा र श्रीमती सँगै बस्दै आएका थिए ।

विदेशमा कमाएको पैसा आमा र श्रीमतीको खर्चको लागि समय समयमा पठाउँदै आएका सुनार २४ वर्षीया श्रीमती नीतु लोनियालाई खोज्न मलेसियाबाट नेपाल आएका हुन् । करिब ६–७ महिनादेखि श्रीमती नीतु सम्पर्क विहीन भएकी सुनारको भनाइ छ ।

२०७२ सालमा जानकी गाउँपालिका बेलभारका नीतुसँग सुनारको विहे भएको भएको थियो । उनले भने, ‘करिब ६–७ महिना भयो, श्रीमतीसँग कुरा नभएको । कहाँ छ ? कस्तो अवस्थामा छ ? कहिले प्रहरी कार्यालय त कहिले शहर– शहरमा खोज्दै हिँडेको छु ।’

उनले थपे, ‘विदेश गएको ४ वर्ष भयो श्रीमतीलाई खोज्न भनेर विदामा आएको छु ।’ बेलभारकै राजाराम बर्माले इमो र फेसबुक मार्फत नीतुलाई पोखरामा राखेको जानकारीको आधारमा मलेसियाबाट नेपाल आएको सुनारको भनाइ छ ।

विदेशमा कमाएको पैसा बारम्बार श्रीमतीको विश्वासको आधारमा पठाउँदै आएका सुनारले विवाहमा पनि ४ लाख खर्च गरेको बताएका छन् ।

सुनारले श्रीमतीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएका छन् । बेलभारका राजाराम बर्मा भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको सुनारको बताए ।

यो पनि पढ्नुस

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

प्रकाशित मिति June 14, 2019