तल्लो जातले धाराको पानी छोयो भनेपछी शार्कीले खुकुरी प्रहार गरे

२६ जेठ, काठमाडौं । ‘तल्लो जात’ को भनेर पटकपटक विभेद गरेको आरोप लगाउँदै एक व्यक्तिले छिमेकीलाई खुकुरी प्रहार गरेका छन् ।

कागेश्वरी मनहरा–७, डाँछीका राजकुमार सार्कीले स्थानीय सुनील नगरकोटीमाथि खुकुरी प्रहार गरेका हुन्महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार घटना शनिबार साँझको हो ।

धाराको पानी छोएको निहुँमा नगरकोटीले विवाद गर्न खोजेपछि राजकुमारले खुकुरी प्रहार गरेको खुलेको जनाइएको छ ।

घटनापछि गम्भीर भाइते भएका नगरकोटीलाई स्थानीयले ंजोरपाटीको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगेका थिए ।

प्रहरीलाई दिएको बयानमा सार्कीले आफ्नो कसुर स्वीकारेका छन्, उनले रीस थाम्न नसकेर छेउमा भेटेको हतियारले प्रहार गरेको बताएका छन् ।

थप अनुसन्धान र कारबाहीका लागि महाशाखाले सार्कीलाई प्रहरी वृत्त, बौद्धको जिम्मा लगाएको छ ।

मानिसलाई स्वस्थ रहँदा खानपानसँगै आरामको पनि जरुरत पर्दछ । भविष्यको चिन्ताका कारण धेरैले कम सुत्ने र धेरै काम गर्ने गरेको पनि पाइन्छ ।

तर, त्यस्तो काम स्वास्थ्यका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । स्वास्थ्य जर्नलले प्रकाशित गरेको एक प्रतिवेदन अनुसार निन्द्रा नपुग्ने गरी सुत्ने मानिसमा मानसिक समस्या हुन सक्ने तथ्य सार्वजनिक गरेको छ । निद्रा पुग्नेगरी नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको पनि सो अध्ययनले देखाएको छ ।

निद्रा पूरा नभएकाले मानसिक समस्या देखिएकामध्ये २१ प्रतिशतमा तनावको समस्या पाइएको छ । अध्ययन कर्ताले २४ प्रतिशतमा निराशाको समस्या हुने बताएका छन् । त्यस्तै २४ प्रतिशतमा रिसाउने समस्या, २५ प्रतिशतमा कुन्ठा, २५ प्रतिशतमा महत्वकांक्षा, २८ प्रतिशतमा काम गर्न समस्या र २८ प्रतिशतमा आत्महत्याको समस्या देखिएको अध्ययनकर्ताको भनाइ छ । यो अध्ययनबाट उनीहरुले अनिन्द्रा स्वास्थ्यका लागि धेरै हानिकारक हुने निष्कर्ष निस्किएको छ ।

सन् २०११ देखि २०१४ सम्म एक लाख १० हजार ४९६ जना सहभागीसँग सामेल भएर गरिएको अध्ययनका क्रममा अनिन्द्राबाट सबैभन्दा धेरै कलेज तहमा पढ्ने विद्यार्थी पीडित भएको पाइएको छ ।

निन्द्रा किन लाग्दैन ?

धेरैजसो मानसिक कारणले निन्द्रा विथोलिन्छ ।

मनमा कुरा खेलाउने बानीले निन्द्र पर्दैन ।

धेरै सोच्ने, मनमै तर्क वितर्क गर्ने, कुण्ठा, गुनासा, आवेग जस्ता मानसिक विकारले निन्द्रा बिथोलिन्छ ।

शारीरिक समस्याले पनि निन्द्रा लाग्दैन ।

कमजोरी वा कुनै पीडाको कारण मस्त सुत्न सकिदैन ।

धेरै उत्साहित हुँदा, थाक्दा निन्द्रा लाग्दैन ।

यसरी पुगिन्छ गहिरो निन्द्रामा

निन्द्रा नलाग्दा केहिले औषधी सेवन गरेको पाइन्छ । यो राम्रो होइन । आफ्नो बानी नियमित गर्न सके गहिरो निन्द्रामा पुग्न सकिन्छ । त्यसका लागि केहि टिप्स यस्ता छन् :-
राती सुत्ने समयलाई नियमित गर्नुपर्छ । नियमित सुत्ने अभ्यासले ठीक समयमा निन्द्रा लाग्छ ।

सकेसम्म ८ देखि १० बजेसम्म ओछ्यानमा पुग्नुपर्छ । ओछ्यानमा पुगेपछि भिडियो हेर्ने, चर्को ध्वनी सुन्ने, फेसबुक चलाउने गर्नुहुँदैन । मधुरो आवाजमा सुमधुर गीत सुन्न सक्नुहुन्छ।

मनलाई शान्त बनाउन कथा, उपन्यास, जीवनोपयोगी एवं धर्मको, दर्शनको पुस्तकहरु पढ्न सकिन्छ ।मनलाई अशान्त पार्ने हिसाब किताब गर्ने, योजना बनाउने, वितेका कुरा सम्झने, आफू अपमानति भएको कुरा सम्झनु हुँदैन ।

सुत्नुअघि हल्का व्यायाम गरेर १५ मिनेटजति ध्यान गरे राम्रो हुन्छ ।

यो पनि पढ्नुस

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् ।सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ ।यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ ।दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ ।दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

प्रकाशित मिति June 9, 2019